डोटीमा ट्याक्टर दुर्घटनामा कैलालीका एक जनाको मृत्यु

अत्तरिया : डोटीमा ट्र्याक्टर दुर्घटनामा परि कैलालीका एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका १ मा से१त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका १ का ३६ वर्षीय प्रेमकुमार कठरीया भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै, ट्र्याक्टरमा सवार शिखर २ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.