स्थानीय तह निर्वाचन : सुदूरपश्चिमका सबै जिल्लामा पुग्यो मतपत्र

अत्तरिया : यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिमका सबै जिल्लामा मतपत्र ढुवानी गरिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीले सुदूरपश्चिमका नौं जिल्लामै मतपत्र ढुवानी भइसकेको जानकारी दिएको हो। निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो।

नौं वटै जिल्लाका सदरमुकाममा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगिसकेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदानका सामाग्री पुगाइएको छ,’उनले भने, ‘अब मतदान अधिकृतको तालिमपछि निर्वाचनका सामाग्री मतदान केन्द्रमा पठाइने छ ।’

कैलालीको सुगरखालमा भने हेलिकोप्टरमार्फत मतदानका सामाग्री पठाउने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै सुदुरपश्चिमका अन्य विकट क्षेत्रमा पनि मतदानमा खटिने कर्मचारी र मतदानका सामग्री हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.