निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सुदूरपश्चिमका मन्त्री बोहराविरुद्ध उजुरी

डडेल्धुरा : निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचना आयोगमा उजुरी परेको छ । मन्त्री बोहराले नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो।

स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधानअन्तर्गत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ।

सोही बुँदाको अवेज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्वीर र भिडियोसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।
उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानविनको प्रक्रियामा रहेको बताइएको छ । मन्त्री बोहरा मन्त्रालय छाडेर अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.