बैतडी डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडी : बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.