कांग्रेस गोदावरीको १३ बुदेँ घोषणापत्र सार्वजनिक (सुचि सहित)

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगरकमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार पार्टीका नगर सभापति विर बहादुर चोखालको सभापतित्वमा एक कार्यक्रमका बीच नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।

प्रतिवद्धतापत्र मा जनताबाट दुइ तिहाई बहुमत प्राप्त कम्युनिष्ठ सरकारले घुषखोरी गरी देशको समग्र अर्थतन्त्र नै वर्वाद पारेको र देशमा सुसासन चयनकालागी कांग्रेस सरकार अनिवार्य भएको उल्लेख गरिएको छ । प्रतिवद्धतापत्रमा अत्तरिया चोकमा डिजिटल सुचना प्रणाली राख्नेदेखि नगरबस सञ्चालन सम्मका सम्मका योजना समेटीएका छन् । शिक्षा, स्वास्थ्य,कृषी÷भुमी सहकारी तथा सिँचाई,युवा तथा खेलकुद,वन तथा भुक्षय एवम नदी नियन्त्रण,सामाजिक सुरक्षा,भौतिक निर्माण तथा यातायात,आइसिटी,खानेपानी,सुसासन लगाएतका बुँदा समेटीएका छन् ।

शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विधालय र विधार्थीलाई पुरुस्कृत गर्ने,इ हाँजीरीको व्यवस्था गर्ने र प्रत्येक विद्यालयलाई अपांगमैत्री बनाउने उल्लेख छ । त्यस्तै स्वास्थ्यको क्षेत्रमा गेटा मेडिकल कलेजलाई यथासिघ्र सञ्चालन गर्न पहन गर्ने,प्रत्येक वडामा एम्बुलेन्स सहितको स्वास्थ्य भवनको व्यवस्था गरीने उल्लेख छ । कृषि उपजलाई स्वस्थ राख्न फ्रेस हाउसको निर्माण गरिने घोषणा पत्रमा उल्लेख गरेका छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.