प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदै, धनगढी र डडेल्धुरामा सम्बोधन गर्ने

धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसारका लागि लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाह गर्ने भएका छन् ।

देउवा चुनावी सभालाई सम्बोधन गर्न देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कांग्रेस र गठबन्धन जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने पौडेलले बताएका हुन् ।

देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन् । यस्तै, वैशाख २४ गते बिहान ११ बजे रूपन्देहीको वुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन् ।

उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

मुख्य सचिव पौडेलकाअनुसार सभापति देउवाले वैशाख २६ गते कैलालीको धनगढी तथा ववैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.