महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत, आफन्तद्वारा ढुंगामुढा

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन्। भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’ घटना पछि आक्रोशित मृतकका आफन्तहरुले अहिले होटलमा ढुङ्गामुढा गरिरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.