एमाले अध्यक्ष ओली धनगढीमा
धनगढी : नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिमको धनगढी पुगेका छन्। बिहीबार एमालेले धनगढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न ओली यहाँ पुगेका हुन्।
ओलीले हमज कञ्चनपुरमा पनि चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। कञ्चनपुरको बेलौरीमा एमालेको आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए।
उनका अनुसार ओली सुरुमा कैलालीको बर्दगोरियाको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि उनले धनगढीको कार्यक्रमलाई सम्बोधन गर्नछन्। ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ।