बौनियामा ओलीको चुनावीसभामा माइकले धोका दियो, सर्पले सतायो

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन् । माइकले साथ नदिएपछि आफ्नो सम्बोधनलाई छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ ।’

सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए । उनले भोट दिने तरिका सिकाइरहँदा सभास्थलमा सर्प निस्किएपछि केहीबेर हो–हल्ला भयो । भाषण गरिरहेका ओलीले होहल्लालाई एमालेको पक्षमा नाराबाजी भएको सम्झिए । उनले भने, ‘मैले बोलिसकेपछि नारा लगाउनु न साथी हो ?’
तर, मञ्चमै रहेका एमालेका स्थानीय नेता–कार्यकर्ताले ‘सर्प आएको हो’ भनेपछि ओलीले आफ्नो सम्बोधन केहीबेर रोकेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.