गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै स्थानीय आन्दोलित

अत्तरिया : कैलालीको अत्तरियामा गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब कार्यक्रमका सुरु गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा सञ्चालनका लागि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेज नअटाएपछि दबाबमूलक कार्यक्रम सुरु गरेको हो ।
बुधबार संघर्ष समिति र युवाहरुको समूहले दबाबस्वरुप अत्तरियामा केहि समय चक्काजाम समेत गरेका गरे ।
सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरिएको स्थान्ीयहरुको भनाई रहेको छ । निर्माण गरिएका संरचना अलपत्र हुनेगरि सरकारले वेवास्ता गरेकाले दबाब थालिएको उनीहरुले जनाएका छन् ।
सरकारले डडेल्धुरामा भने मेडिकल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर, गेटा मेडिकल कलेज त्यसमा अटाएको छैन । गेटा मेडिकल कलेजको २०७३÷०७४ सालबाट निर्माण थालिएकोमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएपनि सञ्चालनमा आउन सकेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.