बाजुरामा निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध एमाले आन्दोलित
अत्तरिया : निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै नेकपा एमाले आन्दोलित भएको छ ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत गणना नगरी पुन निर्वाचन गराउने निणर्यप्रति नेकपा एमाले आन्दोलन गरेको नेकपा एमाले बुढीगगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए ।
स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि विरोध सुरू भएको हो । निर्वाचन आयोग जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाका भरीको निर्बाचनलाई रद्ध गरेर पुन निर्वाचन गराउन बिज्ञप्ती निकालेको थियो । निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ ।
कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको बताए । यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ । यहाँ ९९ प्रतिशत मतदान भएको थियो । यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ । कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६, ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन् ।