सञ्चार क्षेत्रको उचित संम्वोधन हुन्छ : मन्त्री रावल
धनगढी,१३ जेठ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले संञ्चार क्षेत्रको उचित संम्वोधन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०७\०८०को निति तथा कार्यक्रम सम्बन्धि मन्त्रालयमा आयोजित पत्रकारसंगको छलफल कार्यक्रममा मन्त्री रावल यस्तो बताएका हुन् ।
सुदूरपश्चिम प्रदेसका संचार माध्यम र पत्रकारहरुको पेशागत संरक्षण गर्न प्रत्यक्ष अनुभूती हुने खालका कार्यक्रम ल्याईने मन्त्री रावलले बताए ।
आर्थिक वर्ष २०७९\०८०को निति तथा कार्यक्रममा मन्त्रालयले के कस्ता योजना बनाउने भन्ने सम्बन्धमा पत्रकारहरुसंग छलफलको अयोजना गरिएको थियो ।
यस्तै फरक प्रसंङ्गमा मन्त्री रावलले सुदूरपश्चिमामा प्राकृतिक प्रकोपका कारण पिपदको सिर्जना हुने गरेकोले यसमा समेत मन्त्रलायले बिशेष योजना बनाउने बताए ।
छलफलमा सहभागी पत्रकारहरुले सुदूपश्चिम प्रदेशका संचारमाध्यमको लागि बैज्ञानिक बिज्ञापन नीति र पत्रकारको पेशा र आर्थिक सवलिकरण सुदृढ गर्ने खालका योजना ल्याउनु पर्ने सुझाव दिएका दिए । कोरोना संक्रमणपछि साना लगानीका संञ्चार उद्योगहरु संकटमा परेकोले मन्त्रालयले अर्थिक अनुदान मार्फत संञ्चार उद्योगलाई उचित संम्बोधन गर्न समेत सहभागीहरुले सुझाएका थिए ।