फोहोरको समस्याबारे बुझ्न सिस्डोल पुगे मेयर शाह

काठमाडौँ : काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाहले शपथग्रहण लिएको दिन नै सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन्। मेयरमा निर्वाचित भएर शपथग्रहण खाएकै दिन मेयर शाहले सिस्डोल र बञ्चरेडाँडा क्षेत्रको अवलोकन गरेका हुन्। उनले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन्।

उनले शुक्रबार मेयरमा निर्वाचित भएपछि काठमाडौँबासीलाई धन्यवाद दिन एक र्‍याली आयोजना गरेका थिए। र्‍याली खुलामञ्चमा पुगेर आमसभामा परिणत भएपछि मेयर शाह फोहोर व्यवस्थापनका लागि सिस्डोल र बञ्चरेडाँडा अवलोकनका लागि पुगेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.