गेटा मेडिकल कलेज संचालनका हस्ताक्षर अभियानमा १५ हजारको हस्ताक्षर संकलन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले संचालन गरेको हस्ताक्षर अभियानमा १५ हजार बढी हस्ताक्षर संकलन गरिएको दावी गरिएको छ । शुक्रबार र शनिबार संचालन गरिएको हस्ताक्षर अभियान संकलन भएको हो ।

संकलन गरिएको उक्त हस्ताक्षर आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाईने संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) जानकारी दिए ।
अत्तरियामा संघर्ष समितिले बुधबार देखि यथासिघ्र प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि माग गर्दै आन्दोलन गर्दै आएको छ । समितिले आगामी आर्थिक बर्षका लागि बजेट बिनियोजन गरी मेडिकल कलेजको मोडालिटी निर्धारण गरी नीति निर्माण नगरिए थप संघर्षका कार्यक्रम संचालन गर्ने जनाएको छ । आईतबार सरकारले आर्थिक बर्षको बजेट पेश गर्दै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.