खराब मौसमका कारण सम्पर्कविहीन जहाज खोज्न समस्या

काठमाडौँ : पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्किविहीन भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराब छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान आज बिहान सम्पर्कविहीन भएको थियो। जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.