दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान
धनगढी : आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिए।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएका् बताए। विमान भेटिएको खबरपछि आफूहरु त्यतातर्फ जाँदै गरेको उनले जानकारी दिए। आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजीकार्यमा संलग्न भएको थियो।