गोदावरी ५ मा चरेस सहित दार्चुलाका एक जना पक्राउ

अत्तरिया : कैलालीमा लागुऔषध चरेससहित दार्चुलाका एक जना पक्राउ परेका छन्। आइतबार दार्चुलाको अपीहिमाल गाउँपालिका ३ घर भई गोदावरी नगरपालिका ५ गेटामा डेरा गरी बस्दै आएका ३६ वर्षीय डम्बर कार्की पक्राउ परेका छन्।

उनी बस्ने कोठाको खानतलासी गर्दा ६५० ग्राम ३०० मिलिग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.