गोदावरीमा श्रीमान्–श्रीमती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

अत्तरिया : कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।

श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.