नगरप्रमुख भट्ट भुईतलामा बस्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टसंग अपाङ्गता भएका ब्यक्तिहरुको भेटघाट निकै सहज भएको छ । नगरप्रमुखमा निर्वाचित भएपछि भट्ट यस अघि मेयरको कार्यकक्ष रहेको कार्यालयको माथिल्लो तलामा नबसेर भुईतलामा कार्यकक्ष बनाएर बस्दा अपाङ्गता भएका ब्यक्तिहरुले सहजै रुपमा भेटघाट गर्न थालेका हुन् ।
विषेश गरि ट्राई साइकल र ह्वीलचेयर प्रयोगकर्ताहरु ह्वलचियर सहित मेयरको कार्यकक्ष भित्रै गएर आफ्ना गूनासा तथा समस्याहरु राख्न पाउदाँ निकै खुसी भएका छन् ।
यस अघि नगरप्रमुखको कार्यकक्ष माथिल्लो तलामा हुदाँ सिडि चढेर जान नसकेको दुखेसो पोख्दै आएका अपाङ्गता भएका ब्यक्तिहरुले अहिले नगरप्रमुख आफुहरुको समस्यालाई बुझेर भुई तलामा आउदाँ निकै सहज भएको बताउदँछन् । अपाङगता भएका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् । यस अघि मेयरको कार्यकक्ष माथिल्लो तलामा र उपमेयरको कार्यकक्ष भुई तलामा रहेको थियो ।