अग्नी संवाददाता
अत्तरिया, २६ जेठ : गोदावारी नगरपालिका–१ धनगढी रोडमा कोरियो भाईव डान्स हव सञ्चालनमा आएको छ । अत्तरियामा मात्रै नभई देशभर कलाकारिता क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएका बिनोद मल्ल (विप्लब) ले उक्त डान्स हबको बिहीबार रिबन काटि उद्घाटन गर्दै सफलताको शुभकामना दिए ।

डान्स क्लवका संचालक लोकेश बोहराले उद्घाटन कार्यक्रममा नयाँ व्यवस्थापनका साथ संचालन ल्याएको डान्स क्लवमा कल्चर डान्स, हेप होप डान्स, लगिङ पोपिङ डान्स, ब्रेकिङ डान्स सिकाउनुका साथै जुम्बा र फिट्नेस क्लास समेत दिँदै आइरहेको बताए । सो अवसरमा डान्स सिक्न चाहने इच्छुक ले संचालनमा आएको ७ दिन सम्म निःशुल्क भर्ना गरिरहेको संचालक बोहरा बताए ।
उनले अत्तरिया क्षेत्रमा नेतृ सिक्न तथा कलाकारितामा लाग्न चाहनेहरुलाई मध्यनजर गर्दै फरक ब्यवस्थापनका साथमा डान्स हब खोलेको बताए । संचालनमा आएको डान्स हबमा लामो समय देखि कलाकारिता क्षेत्रमा निरन्तर योगदान पुञ्याउदै आएका दक्ष तथा अनुभवी प्रशिक्षकहरुवाट सबै प्रकारका नृत्यहरु सिकाइने संचालक लोकेश बोहराले जानकारी दिए ।