धनगढीको एक कपडा पसलमा आगलागी

धनगढी : धनगढीको एक कपडा पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली जनपुस्तकालय नजिकको सिमा सपिङ सेन्टरमा आगलागी भएको हो। सिमादत्त सेनले चलाएको उक्त पसलमा करिब ८ बजे आगलागी भएको वडा प्रहरी कार्यालय धनगढीले बताएको छ।

आगलागीबाट अन्दाजी २० लाखको सामान जलेको प्रहरीले बताएको छ। अहिले भने दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ। आगलागी के कति कारणले लागेको भनेर खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.