धनगढी, २७ जेठ : धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले अपाङ्गता भएका व्यक्तिहरुलाई पंखा वितरण गरेको छ । यस्तै स्वयम्सेविकालाई साईकल वितरण गरेको छ ।
शुक्रबार धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र वडा अध्यक्ष धर्मराज ओझाले संयुक्त रुपमा हस्तारन्तण गरे ।
साइकल धनगढीमा केही दिनदेखि अत्यधिक गर्मी हुन थालेपछि ‘क’ वर्ग र ‘ख’ वर्गका गरी ४५ जना अपाङ्गता भएका व्यक्तिलाई गर्मीबाट राहत दिन वडा कार्यालयले टेबुल पंखा वितरण गरेको हो ।
अत्याधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई झनै सकस रहेको वडा नम्बर २ का वडाध्यक्ष धर्म राज ओझाले बताए । ‘पूर्ण असक्त रहेका तथा हिँडडुल गर्नै नसक्ने र अरुको सहारामा दैनिक जीवन यापन गरिरहेका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति सुतिरहँदा शरिर पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ, त्यस्तो अवस्था नहोस् र उनीहरुलाई गर्मीबाट राहत मिलोस् भनेर पंखा वितरण गरेका हौँ’ उनले भने ।
यसैगरि वडा कार्यालयले वडामा रहेका १० जना महिला स्वयमसेविकालाई साइकल वितरण गरेको छ । गाउँघरमा गएर स्वास्थ्य चेतना फैलाउने स्वयम्सेविकालाई साइकल वितरण गरिएको पनि वडाध्यक्ष ओझाले बताए ।
सम्बन्धित पाेस्टहरु
