नेता जोशीले मनाए असायसंग जन्मदिन
अत्तरिया, १ असार : नेपाली काँग्रेसका नेता एवं कृषि व्यवसायी मिनराज जोशीले धनगढीको दृष्टि फाउण्डेसनमा जन्मदिन मनाएका छन् । फाउण्डेसनमा असायहरुको बस्दै आएका छन् । ४८ औँ जन्मदिनको अवसरमा उनले फाउण्डेसनमा चामल, तेल, नुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कृषि व्यवसायी समेत रहेका जोशीले विभिन्न दिवसमा फजुल खर्च गर्न भन्दा यस प्रकारको कार्य गर्नुपर्नेमा जोड दिए । ‘समाजमा विभिन्न दिवस मनाईरहेका हुन्छौँ’, उनले भने । ‘होटलमा गएर फजुल खर्च गर्नु भन्दा यस प्रकारको कार्य गर्नु राम्रो हो ।’ पछिल्लो समय दृष्टि फाउण्डेसनमा जन्म दिन, बैवाहिक बर्ष गाठ लगायतका उत्सव मनाउनेहरु बढेका छन् ।