अति विपन्न २५ परिवारलाई दैनिक उपभोग्य सामग्री
धनगढी, २ असार : कैलारी गाउँपालिकाको तीन वटा वडाका अति विपन्न २५ परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ ।
दलित महिला संघ (फेडो) र जन उत्थान सहयोगी समूह कैलारीले ती परिवारलाई ग्यास सिलिन्डर, चुलो, चामल, नून, साबुन लगायत १४ प्रकारका सामग्री राहत स्वरुप वितरण गरेको हो । वडा नम्बर १ का १२, ३ का पाँच र वडा नम्बर ४ का आठ परिवारलाई ती सामग्री वितरण गरिएको छ ।