देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

काठमाडौँ,७ असार : वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।सरकारले गरेको निर्णयमा चित्त नबुझै कारण संघले अत्यावश्यक सेवामा बन्दको घोषणा गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.