द्वन्द्व पीडित महिलालाई ७ दिने मनोसामाजिक परामर्श

धनगढी, ९ असार : टिपी नेपालले द्वन्द्व पीडित महिलालाई मनोसामाजिक परामर्श दिएको छ । सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम अन्र्तत द्वन्द्व पीडित महिलाहरुलाई ७ दिने मनोसामाजिक परामर्श दिएको हो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको उक्त संस्थाले असार ३ गते देखि ९ गते सम्म धनगढीमा मनोसामाजिक परामर्श दिएको टिपि नेपालकी कमला बुढाथोकीले बताईन ।
बिहिवार कार्यक्रमको समापनमा परामर्शदाता बुढाथोकीले ७ दिन सम्मको परामर्शले पीडित महिलाहरुमा थोरै भएपनि सकारात्मक सोच र खुशी ल्याएको बताईन । समापनमा वोल्दै विस्थापित परिवारकी रुक्मणी कुवँरले यस तालिमले आफुहरुको तनाव कम भएको बताईन ।
द्वन्द्व पीडित साझा चौतारीका गणेश मल्लले द्वन्द्व पीडितका समस्या तत्काल समाधान गर्न सरकार संग आग्रह गरे । उनले वास्तविक द्वन्द्व पीडित भनदा पनि दलका कार्यकर्ताले सेवा सुबिधा लिईरहेको गुनासो गरे । यस्तै द्वन्द्व पीडित साझा चौतारीका सदस्य एबं वारका कोषाध्यक्ष ईन्द्र प्रसाद लेखकले द्वन्द्व पीडितलाई सहयोग गर्न आफु सधै तयार रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.