कल्भर्ट बगाएपछि गोदावरी नगरपालिकाको टिम जोखिम क्षेत्रमा
अत्तरिया : कैलालीको गोदावरी–७ मा २० मिटरको खोलामा ४ मिटरको कल्भर्ट निर्माण गरिएपछी डुबानको जोखिम बढेको छ । शान्तिटोल र श्रीलंका टोलको बिचमा पर्ने शिवराजको खोलामा १३ लाखको साँघुरो कल्भर्ट निर्माण भएपछि डुबानको जोखिम बढेको हो ।
शुक्रबार राती पहाडी जिल्लाहरुमा वर्षा भएपछि शिवराजको खोलमा बढेको पानीको सतहले ४ मिटर लम्बाईको साँघुरो कल्भर्ट खोलामा आएको बाढीले बगाएको छ । त्यसपछि बस्तीमा पसेको पानीले खाद्यान्न, लुगाकपडा सँगै अन्य क्षति गरेको स्थानीयले बताएका छन् ।
यसै बिच वडा नम्बर ७ की वडा अध्यक्ष कलाबती साउँद , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार लगायत नगरपालिकाको प्राबिधिक टिम उक्त ठाउँमा पुगेको छ । स्थानीयले कल्भर्टको पुनः निर्माण गर्नुपर्ने आवाज उठाएपछि उनीहरु त्यँहा पुगेका हुन ।