भजनीमा एक महिलाले नदीमा हाम फालिन्

अत्तरिया : कैलालीकी एक महिलाले कान्द्रा नदीमा हाम फालेकी छिन्। आइतबार साँझ भजनी नगरपालिका–५ की ४० वर्षीया रीमा डगौराले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेकी प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी नदीमा हाम फालेर बेपत्ता भएकी भन्दै उनका आफन्तले प्रहरीमा खबर गरेका थिए। डगौराको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.