बेहोस भएका प्रहरी प्रशिक्षार्थी जवानको मृत्यु

अग्नी संवाददाता
अत्तरिया, २५ असार : डोटीको दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए । उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो । कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको र पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.