कैलाली घर भएका युवकको कञ्चनपुरमा मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा एक युवकको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका ६ का २६ वर्षीया मनिराम चौधरीको मृत्यु भएको हो ।

उनको बिहीबार राति महाकाली अस्पतालमा ज्यान गएको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघरीका चन्द्रबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका उनी कोठामा बेहोस अवस्थामा फेला परेका थिए। मदिरा सेवन गरेका चौधरी कोठामा बेहोस अवस्थामा पाइएका घरबेटी गुरुङले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.