धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमाल सर-सफाई अभियानमा

धनगढी : धनगढीमा सञ्चालन भइरहेको सरसफाइ अभियानमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल आफै जुटेका छन्। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत शनिबार नगर प्रमुख हमाल वडा नम्बर ७ को सरसफाइमा जुटेका हुन्।

पछिल्लो केही दिनयता धनगढीका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने अभिप्रायले सरसफाइ गर्दै आएका छन्। उपमहानगरले आगामी आर्थिक वर्ष २०७९र०८० लाई सरसफाइ वर्षका रुपमा मनाउने नीति लिएको छ।

पछिल्लो समयमा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन स्थानीयको सक्रियता समेत बढेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.