गोदावरीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकाबाट धनगढी युवक लागुऔषधसहित पक्राउ परेका छन्। गोदावरी नगरपालिका–४ बाट करिब २ ग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय निर्मल भट्ट शुक्रबार पक्राउ परेका हुन्।

सुपप्र ०१०११ प ४३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भट्टलाई उक्त लागुऔषधसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.