कञ्चनपुरमा प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

अत्तरिया, १ साउन : कञ्चनपुर पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती एक महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरु निरन्तर फोनमा कुराकानी गरिरहेका थिए । फोनले उनीहरु झनै नजिक बनायो । यति सम्मको युवकले युवतीलाई आफ्नो बनाउन आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै झुट बोलेका थिए ।
प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजना अनुसार उनीहरूले असार २३ गते भागी बिहे गर्ने योजना समेत बनाए । त्यहि योजना अनुसार विष्ट युवतीलाई लिन घरनजिकै पुगे । युवती तयार भएर आएपछि विष्टले उनलाई मोटरसाइकलमा राखेर पुनर्वास–५ सिमरीस्थित दोदा पुलसम्म पुगाए । बिहे हुने पक्का भएपछि विष्टले बाटोमा युवतीलाई यौनसम्पर्कको प्रस्ताव राखे । विहेको पक्का भइसकेपछि युवतीले पनि नाईं भन्न सकिनन् । सोही अनुसार उनीहरु उखु बारीमा गए । त्योबेला सम्म रातको ११ बजिसकेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार युवा–युवती मोटरसाइकलमा भागेको गाउँकै ३ जना युवकले नियालेका थिए । ‘तीनै जना युवकले त्यो जोडी कता जाँदो रहेछ भनेर पिछा गरेका रहेछन् उनीहरुले जोडीले उखुबारीमा यौनसम्पर्क राखेको समेत देखेका रहेछन्,’ कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले भने, ‘त्यसपछि उनीहरूले विष्ट र युवतीलाई धम्काएर पालैपालो बलात्कार गरे ।’ तीनैजना युवकले प्रेमी–प्रेमिकाले यौनसम्पर्क राखेको भिडिओ रेकर्ड गरेको भन्दै ब्ल्याकमेल गरेर बलात्कार गरेको प्रहरीको भनाई छ । उनीहरुले आफूहरुलाई यौनसम्पर्क गर्न नदिए भिडिओ भाइरल गरिदिने धम्की दिएको भन्ने खुलेको डीएसपी शाहले बताए । उनीहरू भागेपछि विष्टले पनि युवतीलाई मोटरसाइकलमा राखेर फ्रि घरसम्म पुगाए । त्यसको अर्को दिन युवती बिरामी भएपछि उनले आफ्नी दिदीलाई सामूहिक बलात्कार भएको कुरा सुनाईन ।
त्यसपछि घटनाबारे शुक्रबार पीडित युवतीले प्रेमीसहित चारैजनाविरुद्ध इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जाहेरी दिए । जाहेरी दिएकै दिन प्रहरीले उनका प्रेमी सुशील विष्ट, २२ वर्षीय खेमप्रसाद जैसी, १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्रीलाई पक्राउ गरि सकेको छ । प्रहरीले भिडियो भने पक्राउ परेका युवाहरुबाट फेला नपरेको जानकारी दिएको छ ।
युवती स्वास्थ्य परीक्षण पश्चात घरमा छिन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न आज (आइतबार) जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.