पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाईते

कञ्चनपुर : पुनर्वास नगरपालिका–२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गर्दा सोही ठाउँका ३ जना सख्त घाईते भएका छन । मंगलबार भएको घट्नामा घाईते हुनेमा अम्रैयाका ४७ बर्षीय बिरसिंह राना, मोतीबस्तीकी ३८ बर्षीय मधु महता र अम्रैयाकी ४५ बर्षीय धनचरा रावत रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट हतियार सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए । घाईते तिनै जनाको टाउको र छातीमा गहिरो चोट लागेको छ भने खुकुरी प्रहार गर्ने सार्कीले आफ्नै घाटीमा प्रहार गरेको प्रहरी नायब निरीक्षक खड्काले बताए ।

घाईतेहरुको बिएन पोलिक्लिनिक आईबीआरडीमा उपचार भईरहेको र एक जनालाई रगत अभावका कारण धनगढी पठाईएको डा. सागर केसीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.