रुढीवादी परम्पराले छाउप्रथालाई प्रश्रय दिएको छ : सामाजिक राज्यमन्त्री रैका

धनगढी : समाजमा रहेको रुढीवादी परम्पराको अन्त्य नभएसम्म छाउप्रथामा (महिनावारी) परिर्वतन नहुने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बताएका छन् । बिहिबार धनगढीमा मर्यादित महनिावारीका लागि धामी–झाक्री सम्मेलनलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन । धर्मका विभिन्न गथ्रहरुमा कहि पनि उल्लेख नभएको कुरालाई समाजले प्रश्रय दिईरहेको उनको भनाई रहेको छ ।
‘प्राकृतिक रुपमा हुने महिलाहरुको महिनावरीलाई समाजको गलत बुझाईले धेरैले पीडा भोगिरहेका छन्’, उनले भने । ‘धामी–झाँक्रीको विश्वास धेरैमा हुने हुँदा सहि सन्देश मात्र प्रवाह गर्न आवश्यक छ ।’ महिलाहरुको सुरक्षाका लागि महिनावारी भएको समयमा सफा र सुरक्षित ठाउँमा राख्नुपर्ने कुरलाई गलत बुझाई हुँदा समस्या हुने गरेको मन्त्री रैकाले बताए । उनले छाउप्रथा अन्त्यका लागि प्रदेश सरकार गम्भिर रहेको बताए ।
कार्यक्रममा गुड नेबर्स नेपाल संस्थाका निर्देशक जेकिन रोनले सुरक्षित महिनावारीका लागि विद्यालयहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सकारात्मक सोचले मात्र परिर्वतन सम्भव भएको उल्लेख गरे । उनले छाउपडी प्रथा सबै ठाउँम भए पनि सुदूरपश्चिममा असुरक्षित रहेको बताए ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य हरि श्रीपाईलीले छाउपडी प्रथा सबै तिर भएको भए पनि सुदूरपश्चिमको मात्र बढी प्रचार भएको बताए उनले समाजमा बुझाई नै गलत हुने छाउप्रथाले गर्दा महिलाहरुले दुख भोग्नु परेको बताए । यस्तै, छाउपडी प्रथा अन्त्यका लागि कार्यविधि नै बनाएर अगाडि बढेको दिपायल–सिलगढी नगरपालिकाकी उपमेयर कलावती महरा साउँदले बताईन् । छाउपडीका बारेमा जनचेतना जोगाउनका लागि वडा समितिहरु बनाउएको उल्लेख गरिन । आफ्नो स्थानीयतहले विशेष गरी किशोरीहरुका लागि विद्यालयमा प्नेनिटर प्याड समेत वितरण गर्ने गरेको उनको भनाई रहेको छ ।

पहिलेको तुलनामा छाउपडी प्रथाका बारेमा समाजमा धेरै सुधार भएको बाजुरा वडीमालिका नगरपालिका की १८ बर्षीय कीशोरी विमला थापाले बताईन । आफु पहिलो पटक महिनावारी हुँदा पाँच दिन सम्म विद्यालय जान नसकेको कुरालाई सम्झदै उनले अहिले धेरै आमाहरु बुझ्ने भएको बताईन् । ‘म १४ बर्षको हुँदा पहिलो पटक महिनावारी भएको थिए’, उनले भनिन् । ‘त्यो वेला पाँच दिन सम्म विद्यालय पनि जान पाएन । तर, अहिले त्यस्तो छैन् ।’ ग्रामिण भेगमा विभिन्न संघ संस्थाहरुको सहयोगमा सेनिटर प्याड समेत वितरण भईरहेको हुँदा अहिले रगत छोप्नका लागि ३–४ सुरुवाल लगाउने पर्ने बाध्यताको समेत अन्त्य भएको उनले बताईन् । कार्यक्रममा बाजुरा, अछाम, डोटी, मुग र कैलालीका ३५ जना धामी, झाक्री लगायत विभिन्न स्थानीय तहका प्रमुख–उप प्रमुख समेत सहभागि रहेका छन् । कार्यक्रम गुड नेबर्स र कोइकाको आयोजनामा भएको हो । धामी–झाँक्री सम्मेलन कार्यक्रम ३ दिन सम्म सञ्चालन हुने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.