स्वास्थ्यकर्मी नभएपछि बाजुरामा कार्तिकाले जन्माईन् बाटोमा बच्चा

बाजुरा  : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमा छोरा जन्माएकि छन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ बर्षिय कार्तिका बिकले बाटोमा बच्चा जन्माएकि हुन् ।
सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले गाउँ बाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताएका छन् । कार्तिका बिकको यो तेस्रो बच्चा रहेको जनाइएको छ ।
स्वास्थ्यकर्मी होलान भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा जन्माएको बल बहादुर विकले बताएका छन् । वडा अध्यक्ष अजय बहादुर बिकका अनुसार माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको वताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए । गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि स्वास्थ्य चौकी कर्मचारी बिहिन भएको अजयले वताएका छन् ।
स्वास्थ्य चौकीमा कार्यरत अनमि अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन् । आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् । अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नविकरण नहुदा स्वास्थ्य सेवा प्रभाबित भएको छ । बाजुरामा ३ बर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्या गुमाइसकेका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिका काँग्रेसले जितेको छ । २०७४ मा नेकपमा एमालेले जितेको पालिका थियो । अघिल्लो स्थानिय सरकारले करार भर्ना गरेका कर्मचारीको म्याद अहिले गाउँपालिकाले थपेको छैन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.