दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप-प्राध्यापक पालको निधन

अत्तरिया : कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका उप-प्राध्यापक मानबहादुर पालको निधन भएको छ। सुदूरपश्चिम विश्वविध्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य समेत रहेका उनको ५० वर्षको उमेरमा बिहीबार निधन भएको हो।

असार २७ गते मष्तिस्कघात भई निसर्ग अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा बिहीबार साँझ निधन भएको बताइएको छ। उप-प्राध्यापक पालको निधनमा क्याम्पसले समवेदना प्रकट गरेको छ। उनी झण्डै १३ वर्षदेखि सो क्याम्पसमा अध्यापनरत थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.