अत्तरिया, ६ साउन : निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि धनगढीले ऐश्वर्य विद्या निकेतनका विद्यार्थीलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । शुक्रबार निसर्ग हस्पिटल र ऐश्वर्य विद्या निकेतन बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी एउटा ऐतिहासिक सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज हस्ताक्षर गरेका हुन् । दुवै पक्षबिच २०७९ साउन ६ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ भने ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पिटललाई छुटको लागी बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ ।
नेपाल सरकारले निदिष्ट गरेका वर्गहरू तथा सो विद्यालयमा सतप्रतिशत छात्रवृति प्राप्त गरेका विद्यार्थीलाई ओ.पी.डी निःशुल्क गरिने जनाएको छ ।