खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको वार्षिक समीक्षा : एक बर्षमा २७ वटा मुद्धा प्रशासनमा दायर

अत्तरिया, ६ साउन : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले आर्थिक बर्ष २०७८\०७९ वार्षिक समीक्षा सम्पन्न गरेको छ । शुक्रबार धनगढीमा समीक्ष कार्याक्रम सम्पन्न गरेको हो ।
कार्यालय आर्थिक बर्ष २०७८\०७९ मा खाद्य तथा दाना ऐन अनुरुप संकलन गरिएका नमुनाहरुमध्ये ३६ वटा नमुनाहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । कार्यालयका प्रमुख नवराज दाहालका अनुसार खाद्य ऐन प्रतिकुल कार्य गर्ने विरुद्ध २७ वटा मुद्धा जिल्ला प्रशासन कार्यालयमा दायर भएका छन् ।
मुद्धा दायर भएका कैलालीको विभिन्न स्थानीय तहको पसल तथा उद्योग रहेका छन् । चाउमिन देखि विभिन्न पाउरोटी उद्योगहरु रहेका छन् । ‘बढी जस्तो दैनिक जीवनसंग रहेका खाद्य बस्तुहरु कारवाहीमा परेको देखिएको छ’, कार्यालय प्रमुख दाहालले भने । ‘३६ नमुनाहरु मध्ये २७ वटा मुद्धा जिल्ला प्रशासनमा दायर भएका छन् ।’
कार्यालयले एक बर्षमा १ सय ३२ वटा उद्योग र ४ दाना उद्योगलाई सिफारिस गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार एक बर्षमा कैलालीमा ७५ वटा नयाँ उद्योग र एक दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी नविकरण गरिएको देखिएको छ । कार्यालय प्रमुख दाहालले उद्योगहरुको स्थलगत अनुगमन गरी स्वच्छता मापदण्ड पुरा गरेको र उद्योग बाट उत्पादित खाद्य तथा दानालाई प्रयोगशालामा परीक्षण गरी गुणस्तर सेमत चकजाँच गर्ने गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
एक बर्षमा होटल, रेष्टुरेण्टमा तयारी गरिने खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमन तर्फ संयुक्त बजार अनुगमनले १२ पटक, खाद्य निरीक्षक मार्फत ६० पटक बजार अनुगमन गरेको जनाएको छ । यस्तै, २४ पटक होटलमा हनुगमन गरेको छ । सार्वजनिक गरेका तथ्यांक अनुसार ४ सय ३९ वटा खाद्य तथा दाना उद्योगहरुको अनुगमन कार्य सम्पन्न गरेको जनाएको छ । कार्यालय प्रमुख दाहालले अनुगमनका क्रममा पसल तथा होटल रेस्टुरेण्टहरुलाई स्वच्छता सुधारका लागि परामर्श दिने र उपभोग्य अवधि समाप्त भएका गुणस्तरिहन खाद्य नष्ट समेत गर्ने गरेको बताए ।
सुदूरपश्चिमको एक मात्र प्रयोगशाला धनगढीमा ९ जिल्लाका विभिन्न श्रोतबाट आएका खाद्य तथा दाना नमुनाहरुको विश्लेषण सेवा प्रदान गर्ने गरेको जनाएको छ । एक बर्षमा खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नविकरणका लागि संकलन एक हजार ४२ आएको जनाएको छ । विभिन्न अनुरोध भई आएका ५१, ऐन बमोजिम निरीक्षक संकलित ५ सय ६९, अनुसन्धानात्मक १ सय ५९ गरी जम्मा एक हजार ८ सय २३ वटा नमुना आएको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।
यस्तै गरी एक बर्षमा प्रशोधित पिउने पानी उद्योग व्यवसायीहरुलाई २ पटक र दुग्ध उदोगहरुसंग २ पटक गरी जम्मा ४ पटक गुणस्तर सुधारको लागि अन्र्तक्रिया गरेको छ ।
एक बर्षमा तरकारी तथा फलफूल विषदी अवशेषका ५ हजार ८० नमुनाहरुको विश्लेषण गरिएको छ । कार्यालय प्रमुख नवराज दाहालका अनुसार एक बर्षमा दशै तिहार लगायतका चाडपर्वहरुमा खाद्य वस्तु स्वच्छताका उपभोक्तालाई सुचाना गरेको जनाएको छ ।
कार्यालयले एक बर्षमा एक बर्षमा २७ लाख ९० हजार एक सय ७० रुपैयाँ राजस्व समेत संकलन गरेको छ । प्रयोगशालामा प्राप्त नमुना विश्लेषण दस्तर वाफत संकलन गरेको राजस्व रहेका कार्यालयले जनाएको छ ।
यस्तै असार २९ गते प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार विभिन्न सञ्चार माध्याममा प्रकाशित भएपछि अनुगमन गरे आवश्यक कारवाही गरेको कार्यालयले जनाएको छ । कैलालीको बर्दगोरिया गाउापलिका वडा नम्बर २ मा रहेको आकाशगंगा वाटर एण्ड वेभेरेज एन्डस्ट्रिजलाई अनुगमनका क्रममा सुधार गर्न निर्देशन समेत दिएको थियो । सुधारका लागि दिएको निर्देशन पुरा गरेपछि बिहिबार देखि उद्योगमा लगाएको शिलबन्दी फुकुवा गरी कानुन बमोजिम उत्पादन तथा विक्रि वितण गर्न अनुमति दिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.