अत्तरिया, ८ साउन : कैलालीको गोदावरी नगरपालिका अत्तरियाका व्यवसायी सुभाष गौतमको निधन भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा सोल्टी फोटो स्टुडियो सञ्चालन गर्दै आईरहेका ४२ वर्षीय गौतमको निधन भएको हो ।
शनिवार विषादी सेवन गरेका गौतमको धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ । गौतम नेपाल फोटोग्राफर एशोसियसन कैलालीका सल्लाहकार समेत रहेका थिए ।