अत्तरिया : कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३ बस्ने २३ वर्षीय बुटा सिंहको घरमा खैरो हिरोईनको कारोबार भैरहेको सूचनापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। ।
प्रहरीका अनुसार बुटासहित टीकापुर–१ बस्ने वर्ष ३१ का जिवन शाह र टीकापुर–६ नरायणपुर बस्ने वर्ष २१ का अमित रावल पक्राउ परेका हुन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको थियो ।