पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु

अछाम,९ साउन  : अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला विष्ट रहेका छन् । यस्तै पहिरोमा परि नैना विष्ट गम्भीर घाइते भएकी छन् । आइतबार राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.