धनगढी : पछिल्ला दिनमा सुदू्पश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । यहाँ सोमबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जना र कैलालीको त्रिनगर भन्सार नाकामा ५२ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो।
यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३४ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।