तीन वर्षमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट ७५ सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

अत्तरिया : पछिल्लो तीन वर्षमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट ७५ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । गर्भावस्थामा रहेर समस्यामा परेका, सुत्केरी हुन नसकेका र सुत्केरीपछि पनि जिल्लामा उपचार हुन नसक्ने समस्या आएका महिलाहरूको उद्धार गरिएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाहरूको उद्धार गरिँदै आएको छ ।

यो कार्यक्रमले सुदूर पहाडका जिल्लाहरूका महिलालाई सहयोग पुगेको छ । ‘गएका तीन वर्षमा सबैभन्दा बढी बझाङबाट ३३ महिलाको उद्धार गरिएको छ । बझाङमा नै सुत्केरी हुन नसकेका तथा जिल्लामा सुत्केरी भएपछि जटिल अवस्था आएका ३३ महिलाको उद्धार गरिएको छ,’ बझाङका सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले भने, ‘राष्ट्रपति उत्थान कार्यक्रम लागू भएपछि जिल्लाबाट ठूलो संख्यामा महिलाहरूको उद्धार गरिएको छ । यसले दुर्गमका महिलाहरूलाई मृत्युको मुखबाट नै जोगाएको छ ।’

यस्तै, बाजुराबाट १९, अछामबाट २३, दार्चुलाबाट ३ जना, डोटीबाट २ र बैतडीबाट २ जना महिलाको उद्धार गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.