अत्तरिया : गुरही पर्वको अवसरमा कैलारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको साउन १६ गते भएको निर्णय अनुसार साउन १७ गते मंगलबार परेको गुरही पर्वको अवसरमा स्थानीय बिदा दिने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर ऐरद्वारा सोमबार जारी भएको स्थानीय बिदा सम्बन्धी सूचनामा गाउँपालिका अन्र्तगतका सरकारी कार्यालय तथा विद्यालय स्थानीय बिदा हुने जनाएको छ ।