अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार र बुधबार गरिएको परीक्षणमा नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
गोदावरी नगरपालिकाका १५ जना कर्मचारीमा गरिएको परीक्षणमा ६ जना कर्मचारीमा पुष्टि भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
बुधबार मात्रै प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ५०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा ४२ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।