पदमा अस्पतालमा ग्लोबल बैंकका ग्राहकलाई छुट

अत्तरिया, १९ साउन : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको ग्लोबल आईएमई बैंक र पदमा अस्पताल बीच दुई पक्षीय सम्झौता भएको छ । बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालले आफ्नो सेवामा छुट दिने भएको छ ।
अस्पतालले ७० बर्ष भन्दा माथिका लाई ओपिडी सेवामा निशुल्क उपचार, ओपिडी सेवामा ५० प्रतिशत छुट,सबै खाले औषधीमा १० प्रतिशत छुट दिने लगायतका सेवाहरु दिने छ ।
सम्झौतामा अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी र बैंकको तर्फबाट शाखा प्रमुख भुबन भट्टले बिहीवार हस्ताक्षर गरेका हुन । पदमा अस्पतालले स्वास्थ्य सेवा लगायत समाजिक क्षेत्रमा समेत काम गदैँ आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.