धनगढी : लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बातावरण स्वच्छता हाम्रो प्रतिबद्धता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै धनगढी उपमहानगरपालिका–७ मा रहेको पर्यटकीयस्थल जाखोरतालमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा विभिन्न जातका २ सय बोटबिरुवा बृक्षारोपण गरेको मेडिकोका धनगढी अध्यक्ष युवराज जोशीले बताए ।
सुदूरपश्चिमकै एक सौन्दर्यात्मक पर्यटकीय देवस्थल जाखोर तालमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको लायन क्लबका सचिव प्रेम विवश चन्द ले बताए । हामी सेवा गर्छौ भन्ने अन्तरास्ट्रिय मान्यता बोकेको लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको ले वर्ष २०२२\२३ को दोस्रो कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।
यस्तै उक्त स्थानमा वृक्षारोपणको लागी बसन्ता वन डिभिजन नर्सरीले वोटविरुवा सहयोग सचिव चन्दले जानकारी दिए ।
कार्यक्रममा मेडिकोका पुर्व अध्यक्षहरु जनकराज जोशी र कृष्णराज पाण्डे, जोन चेयर प्रसन गोमा अधिकरी, लगायत हेल्थ एण्ड मेडिकोका पदाधिकारी सदस्य एवं अन्य आमन्त्रितहरुको उपस्थिति रहेको थियो ।
