अत्तरियामा छप्पन भोग होटल संञ्चालनमा

अत्तरिया, २७ साउन : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा छप्पन भोग होटल संञ्चालन आएको छ । अत्तरिया स्थित वरपिपल गल्ली भित्र झन्डै २ लाख लगानीमा छप्पन भोग होटल संञ्चालनमा आएको हो ।
होटलको शुक्रबार एक कार्यक्रम बीच संचालक गजाधर पन्तका भाई मोहनदेव पन्तले रिवन काटेर उद्घाटन गरेका थिए । उक्त होटलमा भारतीय साउथ इन्डियन परिकार डोसा, इडली, साम्भर पाइनुका साथै बनाना शेक, म्यागो शेक, बनेला शेक आइस क्रिम लगायत ५६ वटा परिकार पाइने संञ्चालन पन्तले बताए ।
बर्थडे सलिब्रिेशन होम डेलिभरी, स्कुल टिफि, ५ जनाको ग्रुपमा एउटा ढोसा फ्रि को व्यवस्था समेत गरिएको छ । ढोसा स्पेसल मैदा रहित रहने बताइएको छ ।

इण्डियन फुटमा आवश्यक पर्ने मसला स्थानिय बजारमा उपलब्ध नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने देखिएको होटल संचालक पन्तले बताए । होटल संचालक पन्तले यस भन्दा अगाडी भारतको होटलमा कुकको रुपमा लामो समयदेखि काम गरेको अनुभव समेत आफु सँग रहेको बताए । उनले भारतको होटलमा कामगर्दाका बखत बेष्ट अवार्डले समेत सम्मान हुन पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.