अत्तरिया : कैलालीको गाेदावरी नगरपालिका अत्तरियाबाट प्रकाशित हुँदै आएको अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा सुदूरपश्चिम समावेशी विद्यालयलाई विविध सामग्री सहयोग गरेको छ । बुधबार बार्षिकोत्सवको अवसरमा अत्तरिया खबर दैनिकले गोदावरी नगरपालिका – २ मा रहेको उक्त विद्यालयलाई स्टेसनरी र खाद्यान्न सहयोग गरेको हो ।
सामग्री अन्र्तगत विद्यालयलाई कापी, कलम, चामल, दाल लगायत करिब १० हजार बरावरको सहयोग गरिएको अत्तरिया खबर राष्ट्रिय दैनिकका प्रबन्धक बालकृष्ण ओझाले जानकारी दिए । उनले अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा सहयोग गरिएको बताए । अत्तरिया खबर राष्ट्रिय दैनिक २०७७ भाद्र १ गते देखि संचालनमा आएको थियो । उक्त पत्रिकाले अत्तरिया अनलाइन पनि संचालनमा छ ।